तिहारमा भारतबाट घर हिँडेका दुई नेपालीको कार दुर्घटनामा मृत्यु, तीनजना घाइते « Khabarhub

तिहारमा भारतबाट घर हिँडेका दुई नेपालीको कार दुर्घटनामा मृत्यु, तीनजना घाइते


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  तिहारको भाइटीका लगाउन भारतबाट नेपाल आइरहेका दुईजनाको कार दुर्घटना निधन भएको छ। यस दुर्घटनामा अरु तीनजना घाइते भएका छन् ।

भारतको उत्तरप्रदेश राज्यस्थित बलरामपुरमा एउटा यात्रु बससँग ठोक्किए उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलवस्तुको बाणगङ्गा नगरपालिका-९ बर्दहवाका दिनेश बेल्बासे र नवलपरासीको गैंडाकोट नगरपालिका-६ का अनिल सापकोटाको मृत्यु भएको हो।

भारतीय अधिकारीहरूका अनुसार उनीहरू पन्जाव राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेका थिए।

दुर्घटनामा मृतक बेल्बासेकी पत्नी शारदा, त्यही ठाँउका टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएको बलरामपुर प्रहरीले जनाएको छ। उनीहरूको भारतीय अस्पतालमै उपचार जारी छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ८ : ३२ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई