गुलशनको नाममा अनौठो कीर्तिमान, सोमपाललाई उछिन्दै बने सर्वाधिक रन दिने बलर « Khabarhub

गुलशनको नाममा अनौठो कीर्तिमान, सोमपाललाई उछिन्दै बने सर्वाधिक रन दिने बलर


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुलशन झाले एकदिवसीय क्रिकेटतर्फ धेरै रन दिने नेपाली बलरको कीर्तिमान बनाएका छन् ।

अमेरिकामा जारी आईसीसी विश्वकप लिग-२ को खेलमा अमेरिकाविरुद्ध आजै भएको खेलमा उनले ८७ रन दिएर उक्त कीर्तिमान बनाएका हुन् ।

तीव्र गतिका नेपाली बलर गुलशनले अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर तीन विकेट लिएका थिए।

गुलशनभन्दा पहिले नेपालबाट एकदिवसीय खेलमा धेरै रन दिने बलरमा सोमपाल कामी थिए ।

उनले गत वर्ष एकदिवसीय एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध १० ओभरमा ८५ रन खर्चेर २ विकेट लिएका थिए।

क्रिकेटको एकदिवसीय खेलमा अहिलेसम्म एकै खेलमा सबैभन्दा धेरै रन दिने बलरमा नेदरल्यान्ड्सका बास डि लिडे छन् ।

लिडेले सन् २०२३ को विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाविरुद्ध १० ओभरमा २ विकेट लिँदै ११५ रन दिएका थिए।

 

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ८ : ४८ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको