प्रधानमन्त्री भन्छन्- उज्यालो पर्व तिहारले दिदीबहिनी र दाजुभाइबीच स्नेह बढाओस् « Khabarhub

प्रधानमन्त्री भन्छन्- उज्यालो पर्व तिहारले दिदीबहिनी र दाजुभाइबीच स्नेह बढाओस्


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन् ।

भाइटीकाको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गरेका छन् । ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गरेका छन् ।

भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने उनले विश्वास लिएका छन् ।

‘यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबीचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइटीका,समस्त दिदीबहिनी दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना’, ओलीले लेखेका छन् ।
S

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ९ : ०४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली