विश्वकै सबैभन्दा ठूलो गोही ‘क्यासियस’को मृत्यु | Khabarhub Khabarhub

विश्वकै सबैभन्दा ठूलो गोही ‘क्यासियस’को मृत्यु


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया- विश्वकै सबैभन्दा ठूलो गोही मरेको छ । ११० वर्ष पुरानो यो गोहीको मृत्यु भएको बीबीसीले जनाएको छ । यो भाले प्रजातिको गोहीको नाम क्यासियस थियो ।

क्यासियस नामको यो गोही मगरमच्छ नुनिलो पानीको एक जीव थियो । यसलाई सन् १९८० को दशकमा अस्ट्रेलियाको उत्तरी क्षेत्रमा राखिएको थियो ।

नुनीलो पानीको यस गोहीलाई पक्रेर अस्ट्रेलियाको ही क्वीन्सल्यान्डमा राखिएको थियो । क्यासियस यस क्षेत्रका बासिन्दा र पर्यटकका लागि आकर्षक थियो । यो यहाँका अन्य जीवजन्तु र पर्यटकका सवारी साधनमा आक्रमण गर्ने कुराले पनि प्रसिद्ध थियो ।

विश्वको सबैभन्दा ठूलो यो गोही करिब ५ मिटर लामो थियो । यसको तौल नै लगभग एक टन थियो । तर यसको उमेरबाट सटिक र सही जानकारी कोहीसँग थिएन ।

सन् २०११ मा क्यासियसको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा विश्वकै सबैभन्दा ठूलो गोहीका रुपमा दर्ता भएको थियो ।

म्यारिनल्यान्ड मेलानेशियाको गोही संरक्षण संगठनले आफ्नो सामाजिक सञ्जालमा यस गोहीका लागि भावुक पोस्ट लेखेको छ, ‘क्यासियस हाम्रो प्यारो साथी र हाम्रो परिवारको एक गौरवान्वित सदस्य थियो ।’

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ९ : ३२ बजे

जनकपुर बोल्टस्को डेकोर पार्टनरमा नेपोभिट टायल्स

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को टोली जनकपुर बोल्टस्ले नेपाल सेरामिक

कोशीमा सडक दुर्घटना न्यूनीकरण गर्न जागरण अभियान

धरान- दैनिकजसो बढिरहेको सडक दुर्घटना न्यूनीकरण गर्न कोशी प्रदेशमा सडक

सञ्चारमन्त्री भन्छन्- ढुक्क हुनुहोस्, सरकार तीन वर्ष तलमाथि हुँदैन

वालिङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले दुई ठूला

सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही गर्ने गृहको चेतावनी

काठमाडौं– गृह मन्त्रालयले सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं

उपराष्ट्रपति यादवसँग थाइल्याण्डका राजदूतको भेट

काठमाडौ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूत सवापोङ्ग सिरिसोर्नले