हङकङ सुपर सिक्सेस : यूएईसँग नेपाल ५ विकेटले पराजित « Khabarhub

हङकङ सुपर सिक्सेस : यूएईसँग नेपाल ५ विकेटले पराजित


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङकङ सुपर सिक्समा नेपाल यूएईसँग पराजित भएको छ। आइतबार बिहान भएको प्लेट सेमिफाइनल खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको हो।

नेपालले दिएको ९५ रनको लक्ष्य यूएईले ४ बल बाँकी छँदै १ विकेटमात्रै गुमाएर पूरा गरेको हो। यूएईका लागि कप्तान आशिफ खानले ५५ रन बनाए। उनले १५ बलमा ३ चौका र ७ छक्का हाने।

अंश टण्डनले ९ बलमा १ चौका र २ छक्का प्रहार गरी २३ रन बनाउँदा खालिद साहले १५ रन बनाए। नेपालका रसिद खानले एक विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपालले तीन विकेट गुमाएर ९४ रन बनाएको थियो। विवेक यादवले १६ बलमा ३ चौका र ५ छक्का प्रहार गरी ४९ रन बनाए। लोकेश बमले १९ र प्रतिश जिसीले १४ रन बनाए ।

कप्तान सन्दीप जोरा ७ रन र रसिद खान शून्यमा आउट भए। बलिङतर्फ यूएईका अकिफ राजाले २ र सन्चित शर्माले १ विकेट लिए।

नेपालले यसअघि समूह चरणको खेलमा इंग्ल्याण्ड र अस्ट्रेलियालाई हराएको थियो। क्वार्टरफाइनल खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  १२ : ४७ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको