अनुमति मिलेलगत्तै थाइ एयर एसियाले थाल्यो बैंकक-भैरहवा उडान « Khabarhub

अनुमति मिलेलगत्तै थाइ एयर एसियाले थाल्यो बैंकक-भैरहवा उडान


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थाइ एअर एसियाले गौतमबुद्ध विमानस्थल भैरहवामा सिधा उडान थालेको छ । थाइले बैंकक–भैरहवा–बैंकक उडान आइतबारबाट सुरु गरेको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाइ एअर एसियाले भैरहवाबाट साताको २ दिन उडान भर्नेछ।

अब ८ नोभम्बर (मंसिर २३) मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए।

राउतका अनुसार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको र बिहान ७:४० बजे बैंकक प्रस्थान गरिसकेको छ। विमानमा चालक दलका ७ सदस्यहरू मात्रै आएका थिए।

यो तालिकाकै उडान हो। थाइ एअर एसियाले केही दिनअघि भैरहवा र पुनः उडान काठमाडौंमा सुरु गर्न अनुमति पाएको थियो । हतारमा उडान सुरु भएकोले टिकट बिक्री लगायत बजार प्रवर्द्धन गर्न नपाएको राउतले बताए।

भैरहवाबाट बैंङ्ककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ छ।

यससँगै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको २ दिन उडान गर्ने तयारी गरेको प्रवक्ता राउतले बताए।

विगतमा पनि उडान भएर रोकिएकाले यहाँका पर्यटन व्यवसायीले नियमित उडान हुनुपर्ने माग गरिरहेका छन्।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  १ : ०५ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको