बझाङ– अरिङ्गालको चिल्दा बझाङमा दुई जना बालबालिकाले ज्यान गुमाएका छन् ।
जिल्लाको थलारा गाउँपालिका–२ डोरगाउका ३ वर्षीय सुरवीर खाती र ५ वर्षीया सिया खाती को मृत्यु भएको हो। उनीहरू नाताले दिदीभाइ हुन्।
शनिबार दिउँसो घरनजिकै घाँस काट्ने क्रममा बिच्किएका अरिङ्गालले उनीहरूलाई टोकेको हो। उनीहरूको उपचारक क्रममा मृत्यु भएको प्रवक्ता खातीले बताए।
अरिङ्गालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रवीन्द्र खातीले बताए।
घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा छन्। उनीहरूको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको छ।
प्रतिक्रिया