बाख्रो जोगाउँदा पल्टियो देउसे बोकेको पिकअप, १० जना घाइते « Khabarhub

बाख्रो जोगाउँदा पल्टियो देउसे बोकेको पिकअप, १० जना घाइते


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीमा देउसी खेल्ने टोली बोकेको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

शुनिबार साँझ साढे ५ बजे नवलपरासीको सुस्ता गाउँपालिका–३ विगेपस्थित भित्री सडकमा गुडरियाबाट नर्सही जाँदै गरेको लु ३ च ६०३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

प्रहरीका अनुसार उक्त गाडीमा देउसी खेल्न हिँडेका २५ जना सवार थिए। सडकमा हिँडिरहेको बाख्रो जोगाउने क्रममा गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइते सबै सुस्ता गाउँपालिका–२ गुदारियाका हुन्। १६ वर्षीया स्रृष्टि मुखिया, १९ वर्षीया मन्जु महतो, २१ वर्षीया रेखा महतो, २१ वर्षीय बैजनाथ गुप्ता, १४ वर्षीया लक्ष्मी मुखिया, १६ वर्षीया वर्षा मुखिया, १८ वर्षीया कविता मुखिया,  १५ वर्षीया तिल कुमारी मुखिया, २३ वर्षीय विवेक चौधरी र १३ वर्षीय इशान्त मुखिया घाइते छन्।

गाडी चकलाई नियन्त्रणमा लिएर घाइतेलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाइएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  १ : ३८ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम