अमेरिकी निर्वाचन : पछिल्लो सर्वेक्षणमा ट्रम्मभन्दा ह्यारिस अगाडि « Khabarhub

अमेरिकी निर्वाचन : पछिल्लो सर्वेक्षणमा ट्रम्मभन्दा ह्यारिस अगाडि


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपतीय निर्वाचनको पछिल्लो सर्वेक्षणअनुसार कमला ह्यारिसले ट्रम्पमाथि थोरै अग्रता कायम राखेकी छन् ।

५३८/एबीसी न्यूजको नयाँ सर्वेक्षण अनुसार कमला ह्यारिस र ट्रम्पबीच कडा टक्कर देखिएको छ । सर्वेक्षणमा कमला ह्यारिस ४८ प्रतिशत र ट्रम्प ४७ प्रतिशत छ ।

कमला ह्यारिस जुलाईको अन्त्यमा चुनावी दौडमा सामेल भए पनि उनी ट्रम्पभन्दा अगाडि रहेको देखिएको छ ।

यी राष्ट्रिय सर्वेक्षणहरूले देशभरि उम्मेदवार कति लोकप्रिय छन् भनेर मात्र जान्न सकिने र चुनावी नतिजाको भविष्यवाणीको रुपमा भने बुझ्न नहुने भनिएको छ ।

अमेरिकामा एक इलेक्टोरल कलेज प्रणाली प्रयोग गरिन्छ, जसमा प्रत्येक राज्यलाई जनसंख्याको आधारमा निश्चित संख्यामा मत दिइन्छ ।

कूल ५३८ इलेक्टोरल कलेज भोट छन् जसमध्ये कुनै पनि उम्मेदवारलाई जित्न २७० मत चाहिन्छ । अमेरिकामा ५० वटा राज्य छन्, तर तीमध्ये अधिकांशले सधैँ एउटै पार्टीको पक्षमा मतदान गर्छन् ।

दुवै उम्मेदवारले जित्ने सम्भावना थोरै राज्यहरू मात्र छन् । यिनैबाट उम्मेदवारको जित वा पराजय तय हुन्छ र यिनैलाई युद्धभूमि वा स्विङ स्टेट भनिन्छ ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन २०२४ मा महत्वपूर्ण मानिने सात स्विङ स्टेटबीच निकै कडा प्रतिस्पर्धा छ ।

अनुमान अनुसार पेन्सिल्भेनिया, नेभाडा, नर्थ क्यारोलिना, जर्जिया र एरिजोनामा ट्रम्प अग्रस्थानमा छन् । ह्यारिस विस्कन्सिन र मिशिगनबाट अगाडि छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ६ : ०० बजे

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२