रानीपोखरीको बालगोपालेश्वर र वसन्तपुरमा सामूहिक भाइटीका « Khabarhub

रानीपोखरीको बालगोपालेश्वर र वसन्तपुरमा सामूहिक भाइटीका


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रत्येक वर्ष भाइटीकाका दिनमा मात्र खुल्ने काठमाडौँस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा हजारौँ भक्तजनले पूजा आराधना गरी प्रसाद लगाएका छन् ।

दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजाआजा र दर्शन गरी टीका लगाउने गर्दछन् ।

यस पटक पनि दिदीबहिनी र दाजुभाइ नहुने भक्तजन बिहान ६ बजेदेखि नै मन्दिर प्रवेश गरेका थिए ।

मन्दिर बिहान ६ बजे अघिदेखि नै खुला गरिएको रानीपोखरी एवं मन्दिर क्षेत्रको व्यवस्थापन गर्दै आएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवम् वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले बताए । मन्दिर भक्तजन आएसम्म खुला गरिने पनि उनले बताए ।

बिहान ६ बजेदेखि नै मन्दिर क्षेत्रमा स्वयंसेवीका रुपमा काम गर्नुभएकी सामुदायिक प्रहरी पुरानो बसपार्क कार्य समिति सदस्य दीपा केसी बिहानदेखि बेलुकीसम्म नै मन्दिरमा भक्तजनको घुइँचो लागेको बताउँछन् । विगत वर्षमा भन्दा यस पटक भाइटीकाका अवसरमा मन्दिरमा आउने भक्तजन बढेको उनले बताए ।

भाइटीकाका दिनमा मात्र खुल्ने उक्त मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरू भाइटीका लगाउने गर्छन् ।

सामुदायिक प्रहरी पुरानो बसपार्ककै कार्य समिति सदस्य निशा अलि खानले विगत वर्षमा भन्दा यसपटक मन्दिर आउने भक्तजन बढेको बताइन् । मन्दिर आउने धेरैजसो भक्तजन खाली निधार आई यहाँ आएर टीका लगाई फर्केका छन् ।

मन्दिरमा काम गर्दै आएका रमेश कपाली भक्तजनको सङ्ख्या धेरै भएकाले मन्दिरमा दिनभर नै घुइँचो लागेको बताउँछन्।

केही महिलाले मन्दिर परिसरमा बसेर दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइलाई टीका लगाएर प्रसाद दिएका थिए ।

मन्दिर क्षेत्रमा दिनभर सामुदायिक प्रहरी कार्यसमितिका सदस्यहरुले स्वयंसेवीका रुपमा काम गर्नुका साथै महानगर प्रहरी र नेपाल प्रहरीले पनि सुरक्षा दिएको थियो ।

 

 

खञ्जनेश्वरमा पनि भक्तजनको घुइँचो

यसैगरी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाएका छन् ।

यहाँ पनि पहिलेदेखि नै दिदीबहिनी एवम् दाजुभाइ नहुनेले पूजा आराधना गरी टीका लगाउने चलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले बताए । यहाँ पनि आज बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।

वि.सं. २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् । नेवार समुदायका केहीले भने शनिबार नै किजापूजा गरेका छन् ।

उता वसन्तपुरमा पनि दाजुभाइ-दिदीबहिनी नहुनेहरूले सामूहिक टीका लगाएका छन् । वसन्तपुरमा आइतबार अञ्जली मास्केले समूहिक भाइटीका लगाइदिएकी छन् ।

अञ्जली दिदी नामले परिचित उनले २६ वर्षदेखि निरन्तर भाइटीकामा दिदी-भाइ नहुनेहरूलाई सामूहिक रूपमा टीका लगाइदिँदै आएकी छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ७ : ३५ बजे

आज २०८३ साल जेठ १४ गते बिहीबारको राशिफल

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन