इरानको विश्वविद्यालयमा नग्न भएर घुमिन् छात्रा « Khabarhub

इरानको विश्वविद्यालयमा नग्न भएर घुमिन् छात्रा


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको राजधानी तेहरानमा एक छात्रा नग्न अवस्थामा घुमेको घटना अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भाइरल भएको छ।

बीबीसीले जनाएअनुसार यो घटना तेहरानस्थित आजाद विश्वविद्यालय अफ साइन्स एन्ड रिसर्चमा शनिबार भएको हो। यहाँको विश्वविद्यालयकी एकजना छात्राले यौन उत्पीडनको विरोध गर्दै कपडा फुकालेकी हुन्। उनले यौनअंगबाहेकका सबै लुगा खोलेकी थिइन् ।

नग्न घुमेको केही समयपछि इरानी प्रहरीले विद्यार्थीलाई हिरासतमा लिएको छ। इरानी न्युजलेटर अमिर कबीरका अनुसार उनलाई हिरासतमा राखेर कुटपिट गरिएको थियो।

यस घटनाको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा विद्यार्थी विश्वविद्यालय परिसरको एउटा ब्लकमा घुमिरहेको देखिएको छ ।

विश्वविद्यालयका प्रवक्ता अमिर महजोबले एक्समा विद्यार्थीको अवस्था मानसिक रूपमा राम्रो नभएको बताएका छन् ।

इरानमा महिलाका लागि कडा ड्रेस कोड लागू गरिएको छ। त्यहाँको सरकारले सार्वजनिक स्थानमा महिलाले हिजाब लगाउन अनिवार्य गरेको छ। यस्तो अवस्थामा विद्यार्थीको कदमलाई इरानको सत्ताविरुद्ध आवाज उठाइएको ठानिएको छ ।

यसअघि सन् २०२२ मा इरानको कुर्दिस्तान प्रान्तकी २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएको थियो। अमिनीलाई इरानको नैतिकता प्रहरीले हिजाब राम्रोसँग नलगाएको भन्दै पक्राउ गरेको थियो।

पक्राउ गरेपछि हिरासत केन्द्रमा लैजाँदा नैतिकता प्रहरीले अमिनीको लुगा च्यातेर कुटपिट गरेको थियो। त्यसपछि अस्पतालमा अमिनीको मृत्यु भएको थियो। मृत्युपछि कुर्दिस्तानदेखि तेहरानसम्म नैतिकता प्रहरीविरुद्ध प्रदर्शन भएको थियो।

अमिनीको अन्त्येष्टिमा ठूलो सङ्ख्यामा मानिसहरू उपस्थित भए । अन्त्येष्टिमा सहभागी महिलाले हिजाब फुकालेर विरोध गरेका थिए।

हिजाबको विरोधमा धेरै महिलाहरूले कपाल पनि काटेका थिए। आन्दोलनका क्रममा ५५१ जनाको मृत्यु भएको थियो भने हजारौँलाई गिरफ्तार गरिएको थियो।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ८ : १८ बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक