बङ्गलादेशमा डेङ्गुका कारण एकै दिन १० जनाको मृत्यु | Khabarhub Khabarhub

बङ्गलादेशमा डेङ्गुका कारण एकै दिन १० जनाको मृत्यु


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ढाका – बङ्गलादेशमा डेङ्गुका कारण शनिबार एकै दिन यो बर्षको सबैभन्दा बढी १० जनाको मृत्यु भएपछि सङ्क्रमितको सङ्ख्या ३१० पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेसम्मको पछिल्लो २४ घण्टामा थप एक हजार ३४८ जनामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुबाट सङ्क्रमित भएका थिए ।

डेङ्गु ज्वरो एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यो रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नीदुख्ने, ग्रन्थी सुन्निने, वान्ता हुने र चिलाउने जस्ता लक्षणसहित गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ ।

यस भाररसबाट यो बर्ष सङ्क्रमित हुनेको सङ्ख्या ६३ हजार १६५ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । यस वर्ष डेङ्गुका कारण अक्टोबरमा १३४, सेप्टेम्बरमा ८०, अगस्टमा २७ र जुलाईमा १२ जनाको मृत्यु भएको थियो । बङ्गलादेशमा सन् २०२३ मा डेङ्गुका कारण एक हजार ७०५ जनाको मृत्यु भएको थियो।

सन् २०२२ मा २८१ र सन् २०१९ मा १७९ जनाको डेङ्गुका कारण मृत्यु भएको थियो । डेङ्गुको बढ्दो सङ्ख्यासँग जुध्न बङ्गलादेशी स्वास्थ्य अधिकारीले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न कडा उपाय चालेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ८ : ४५ बजे

रामेछाप दुर्घटना अपडेट : वडाध्यक्ष बस्नेतसहित पाँच जनाको मृत्यु

काठमाडौं– रामेछापको सिमलडाँडा भिरमा भएको दुर्घटनामा गोकुलगंगा गाउँपालिका ४ का

प्रधानमन्त्रीको सुझाव- बुद्धको शिक्षा लिएर अनुयायी हुनू, कसैको कुभलो नचिताउनू

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र शिक्षाको प्रचारक

सरकारले गर्‍यो उखुको मूल्य निर्धारण, प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि

महोत्तरी– सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि उखुको मूल्य

अछाममा असईले आफैंलाई हाने गोली, दुईवटा छानबिन समिति गठन

काठमाडौं- अछाममा नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असई) ले

लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित

लुम्बिनी– लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो  दीक्षान्त समारोहमा दुई सय ८९