४१ स्थानीय तहको मतपरिणाम : कसले कति जिते ? « Khabarhub

४१ स्थानीय तहको मतपरिणाम : कसले कति जिते ?


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना भइरहेको छ। निर्वाचन आयोगले उपनिर्वाचन भएका ४१ स्थानको परिणाम सार्वजनिक गरिसकेको छ। यस परिणामअनुसार कांग्रेस कीर्तिपुर नगरपालिकासँगै १६ वडा जितेर पहिलो स्थानमा छ।

माओवादी केन्द्र एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वडाध्यक्ष जितेर दोस्रो स्थानमा छ।

सत्ताको नेतृत्वकर्ता नेकपा -एमाले) भने एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वडाध्यक्षमा विजयी हुँदै तेस्रो स्थानमा छ। जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक–एक स्थानमा जित निकालेका छन्।

कांग्रेस विजयी- १७

कृष्णमान डङ्गोल, कीर्तिपुर नगरपालिकाको प्रमुख
नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका-८ तेह्रथुम
तेतर साहु, गढी गाउँपालिका-६ सुनसरी
शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका-७ रौतहट
समसे आलम, राजपुर नगरपालिका-६ रौतहट
इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका-१
राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका-४
अर्जुनप्रसाद तिवारी, हेटौंडा-१२, मकवानपुर
आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट-१
भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका-४ रोल्पा
अमिन थारु, ठाकुरबाबा नगरपालिका-४ बर्दिया
खम्बबहादुर सिंह, कुशे गाउँपालिका-७ जाजरकोट
मोतिराम खत्री, सानीभेरी गाउँपालिका-५ रुकुमपश्चिम
धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका-४ बझाङ
मोहन थापा, पुर्वीचौकी गाउँपालिका-६ डोटी
धनसिंह कुँवर, दुहु गाउँपालिका-५ दार्चुला
प्रकाश चन्द, भीमदत्त नगरपालिका-६ कञ्चनपुर

माओवादी केन्द्र विजयी- १०

देवकी तिमिल्सिना, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष
भरत घिमिरे, उदयपुरको बेलका नगरपालिका–९ वडाध्यक्ष
नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका-१२ उदयपुर
सुनिल कापर केवट, धनुषाधाम नगरपालिका-१ धनुषा
कृष्ण घिमिरे, ककनी गाउँपालिका-२ नुवाकोट
विष्णुबहादुर मगर, गोरखा नगरपालिका-५ गोरखा
जगत घर्ती, पुथा उत्तरगंगा-२ रोल्पा
नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ
देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट
नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका-५ डोल्पा

एमालेबाट निर्वाचित- ८
उमा लुङ्गेली मगर शेर्पा, दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष
कुमारी सावादेन, सिरिजंघा-३ ताप्लेजुङ
गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा
सकिबुल खाँ, रामगोपालपुर नगरपालिका-२ महोत्तरी
मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका-१ कपिलवस्तु
लालबहादुर शाही, दुल्लु नगरपालिका-१३ दैलेख
जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख
सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा

जसपा नेपाल विजयी- २

धीरेन्द्रकुमार साह, डाक्नेश्वरी-१, सप्तरी
देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी-४, सप्तरी

राष्ट्रिय स्वतन्त्र पार्टी विजयी

रोजिना श्रेष्ठ, काठमाडौं-१६

एकीकृत समाजवादी विजयी

बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका-८ रौतहट

नेमकिपा विजयी

खड्गराज शाही, तिलागुफा नगरपालिका-४ कालिकोट

स्वतन्त्र विजयी

लक्ष्मीप्रसाद ओली, कन्काई नगरपालिका-६ झापा

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ५ : ४५ बजे

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा

बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान : घरको लागि डिजाइन, क्रिकेटको उत्साहसँग विभूषित

काठमाडौं– बेकोले नेपाली बजारमा एक ग्राहक अभियानको सुरुवात गरेको छ ।

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र