सिरियामा रुसको हवाई आक्रमण बढ्दो « Khabarhub

सिरियामा रुसको हवाई आक्रमण बढ्दो


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एलोपो – सिरियाको एलोपो सहरमा विद्रोही सेनाले कब्जा जमाउँदै गएपछि रुसले हवाई आक्रमण जारी राखेको छ। बेलायतको सियिरन अब्जरभेटरी फर ह्युमन राइटका अनुसार एलेपो अस्पतालमा १२ जनाको ज्यान गएको छ। यसैगरी, उत्तर पश्चिमी सहर इदबिबमा भएको आक्रमणमा ८ सर्वसाधारणको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।

हालै विद्रोहीले कब्जामा लिएको ग्रामीण क्षेत्रमा युद्ध विमानबाट आक्रमण भइरहेको छ। सिरियामा गृहयुद्ध जारी भएयता एलेपोमा सरकारी सेनाले नियन्त्रण गुमाएको यो नै पहिलो पटक हो। पछिल्ला समयको गृह युद्ध बुधबार नयाँ मोडमा पुगेको हो। यो विद्रोही सेना इस्लामिक सैन्य सङ्गठन हायात तरहिर अल सालमको नेतृत्वमा छ। सो समूहलाई टर्कीले सहयोग गरेको छ।

पछिल्लो झडपमा तीन सय भन्दा बढी व्यक्ति घाइते भएको समेत जनाइएको छ। सन् २०१६ यता सिरियामा पहिलो पटक रुसले हवाई आक्रमण गरेको हो।

गृह युद्ध माथिल्लो तहमा पुगेको समयमा बसाल अल आसादलाई राष्ट्रपति पदमा आसिन गराउन रुसको हवाई आक्रमणले ठुलो साथ दिएको थियो। उत्तरी सहर इदबिबमा विद्रोही सेनाले कब्जा जमाए पछि रुसले आइतबार पनि हवाई आक्रमण गरेको हो।

छिमेकको कुर्दीस सङ्गठनले नियन्त्रणमा लिएको केही स्थान बाहेक विपक्षी सेनाले लगभग सबै सरकारी भूमि अहिले आफ्नो नियन्त्रणमा लिएको छ। अहिले सिरिया चौथो ठुलो सहरमा विद्रोही सेनाको प्रभाव बढ्दो छ। सिरियाको रक्ष मन्त्रालयले पनि रुसको सहयोगमा प्राप्त युद्ध विमान मार्फत विद्रोहीमाथि आक्रमण भइरहेको जनाएको छ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ८ : ४२ बजे

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत