सिरियामा रुसको हवाई आक्रमण बढ्दो « Khabarhub

सिरियामा रुसको हवाई आक्रमण बढ्दो


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एलोपो – सिरियाको एलोपो सहरमा विद्रोही सेनाले कब्जा जमाउँदै गएपछि रुसले हवाई आक्रमण जारी राखेको छ। बेलायतको सियिरन अब्जरभेटरी फर ह्युमन राइटका अनुसार एलेपो अस्पतालमा १२ जनाको ज्यान गएको छ। यसैगरी, उत्तर पश्चिमी सहर इदबिबमा भएको आक्रमणमा ८ सर्वसाधारणको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।

हालै विद्रोहीले कब्जामा लिएको ग्रामीण क्षेत्रमा युद्ध विमानबाट आक्रमण भइरहेको छ। सिरियामा गृहयुद्ध जारी भएयता एलेपोमा सरकारी सेनाले नियन्त्रण गुमाएको यो नै पहिलो पटक हो। पछिल्ला समयको गृह युद्ध बुधबार नयाँ मोडमा पुगेको हो। यो विद्रोही सेना इस्लामिक सैन्य सङ्गठन हायात तरहिर अल सालमको नेतृत्वमा छ। सो समूहलाई टर्कीले सहयोग गरेको छ।

पछिल्लो झडपमा तीन सय भन्दा बढी व्यक्ति घाइते भएको समेत जनाइएको छ। सन् २०१६ यता सिरियामा पहिलो पटक रुसले हवाई आक्रमण गरेको हो।

गृह युद्ध माथिल्लो तहमा पुगेको समयमा बसाल अल आसादलाई राष्ट्रपति पदमा आसिन गराउन रुसको हवाई आक्रमणले ठुलो साथ दिएको थियो। उत्तरी सहर इदबिबमा विद्रोही सेनाले कब्जा जमाए पछि रुसले आइतबार पनि हवाई आक्रमण गरेको हो।

छिमेकको कुर्दीस सङ्गठनले नियन्त्रणमा लिएको केही स्थान बाहेक विपक्षी सेनाले लगभग सबै सरकारी भूमि अहिले आफ्नो नियन्त्रणमा लिएको छ। अहिले सिरिया चौथो ठुलो सहरमा विद्रोही सेनाको प्रभाव बढ्दो छ। सिरियाको रक्ष मन्त्रालयले पनि रुसको सहयोगमा प्राप्त युद्ध विमान मार्फत विद्रोहीमाथि आक्रमण भइरहेको जनाएको छ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ८ : ४२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको