सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको चुनौती, कप्तान दीपेन्द्रको शानदार अर्धशतक « Khabarhub

सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको चुनौती, कप्तान दीपेन्द्रको शानदार अर्धशतक


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित्र त्रिवि क्रिकेट मैदानमा टस हारेर सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शानदार अर्धशतक पूरा गरे । उनले २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाए । उसका लागि ब्रान्डन म्याकुलनले ३६ रन बनाए । २६ रनको सामना गरेका उनले दुईदुई चौका र छक्काको मद्दतमा ३६ रन जोडेका हुन् । विनोद भण्डारीले २० बलमा चार चौकाको मद्दतमा २३ रन बनाए । इशन पाण्डेले १६ बलम दुई चौका र एक छक्काको मद्दतमा २१ रन बनाए । सैफ जैब १५, स्कट कुग्गेलिजन १०, आरिफ शेखले ९ रन बनाएको खेलमा अमित श्रेष्ठ १ रनमा आउट भएका थिए ।

विराटनगरका लागि अनिल खरेलले चार ओभरमा २६ रन खर्चिएर महत्त्वपूर्ण तीन विकेट लिए । क्रिस सोल, इस्मत आलम र बसिर अहमेदले एकएक विकेट हात पारे ।

 

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १० : ४५ बजे

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि