उपनिर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस « Khabarhub

उपनिर्वाचनको परिणाम सन्तोषजनक : कांग्रेस


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनको परिणामलाई सन्तोषजनक एवं उत्साहवर्धक सङ्केतका रूपमा लिइएको जनाएको छ ।

स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक तथा महामन्त्री विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरेर परिणामलाई सन्तोषजनक एवं उत्साहवर्धक सङ्केतका रूपमा लिइएको जनाएका हुन् ।

उनले उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मतमार्फत प्राप्त सन्देशको विश्लेषण र समग्र समीक्षा गर्न बाँकी रहे पनि प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई कांग्रेसले सन्तोषजनक एवं उत्साहवर्धक सङ्केतका रूपमा लिएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले उपनिर्वाचनबाट पहिलो दलको हैसियत पाएको भन्दै मतदाताप्रति आभार प्रकट गरेका छन् ।

स्थानीय तहमा रिक्त ४४ मध्ये १९ स्थानमा मात्रै उम्मेदवार विजयी भए पनि ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान सङ्ख्यात्मक कम भए पनि राजनीतिक, साङ्गठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण भएको कांग्रेसको ठहर छ ।

‘०७९ मा विजय पाएको केही स्थान हामीले गुमाएका छौँ भने त्यसबेला अन्य दलले जितेका केही स्थानमा विजय हासिल गरेका छौँ । लोकतन्त्रमा शतप्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच हुन्न, तर जीत र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्त्वपूर्ण रहने हाम्रो निष्कर्ष छ । हामी यो गर्नेछौँ,’ महामन्त्री शर्माले भनेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ११ : ५९ बजे

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

अनुगमनमा कैफियत भेटिएपछि तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण