यु–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपाल बलिङमा « Khabarhub

यु–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपाल बलिङमा


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युएईमा जारी यु– १९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपाल र अफगानिस्तान खेलिरहेका छन् । खेलमा टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको छ ।

प्रतियोगिताबाट बहिरिसकेका दुवै टोली पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।

अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलङ्कासँग एक सय ३१ रनले पराजित भएको थियो ।

एसीसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका आठ देश सहभागी छन् । प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र स्वतः छनोट भएका थिए ।

नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका थिए ।

समूह ‘बी’ मा नेपाल श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् भने समूह ए’मा भारत, पाकिस्तान, जापान र युएई छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १२ : २८ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही