दक्षिण कोरियामा ३८ जना भियतनामी पर्यटक बेपत्ता | Khabarhub Khabarhub

दक्षिण कोरियामा ३८ जना भियतनामी पर्यटक बेपत्ता


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा ३८ जना भियतनामी पर्यटक बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले टापुको पर्यटन संगगठनलाई उद्धृत गर्दै जनाएको छ ।

गत नोभेम्बर– १४ मा चार्टर्ड भियेटजेट एयरको उडानबाट करिब ९० जना भियतनामी यात्रु टापुमा आइपुगेको स्रोतले जनाएको छ । तीनीहरु मध्ये ३८ जना पर्यटकहरु यहि स्थानबाट सम्पर्कविहिन भएको तथा बाँकी यात्रुहरु सोहि उडानमा फिर्ता भएको स्रोतले जनाएको छ ।

ती विदेशी यात्रुहरूलाई बिना भिसा ३० दिनसम्म उक्त टापुमा बस्न अनुमति दिइएको थियो । जसअनुसार ती भियतनामी पर्यटकहरू डिसेम्बर–१४ पछि अवैध आप्रवासी हुनेछन् ।

टापुस्थित अध्यागमन कार्यालयले वेपत्ता भियतनामीहरूको ठेगाना पत्ता लगाउन निगरानी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १ : ०६ बजे

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा