पोखरा एभेन्जर्सविरूद्ध अर्धशतक बनाएर आउट भए बोपरा « Khabarhub

पोखरा एभेन्जर्सविरूद्ध अर्धशतक बनाएर आउट भए बोपरा


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन राइनोजका रवि बोपारले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक बनाएका छन् ।

बोपाराले ३६ बलको सामना गर्दै अर्धशत पूरा गरेका हुन् । ५० रन बनाउने क्रममा उनले तीन चौका र तीन छक्का प्रहार गरे । अर्धशतकपछिको दोस्रो बलमा उनी आउट भए। ३८ बलमा ५१ को स्कोर गर्दै उनले चितवनलाई पनि उद्धार गरे ।

कीर्तिपुर मैदानमा टस हारेर चितवनले पहिला ब्याटिङको निम्तो पाएको चितवन सुरुवातीक्रमका तीन ब्याटर सस्तैमा पवेलियन फर्कदा संकटमा परेको थियो ।

तर चितवनलाई रवि बोपरा र कुशल मल्लले उकासेका थिए । चितवनको स्कोर उकास्न योगदान गरेका दुवैजना अहिले आउट भइसकेका छन् ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : १३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको