पोखरा एभेन्जर्सविरूद्ध अर्धशतक बनाएर आउट भए बोपरा « Khabarhub

पोखरा एभेन्जर्सविरूद्ध अर्धशतक बनाएर आउट भए बोपरा


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन राइनोजका रवि बोपारले पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक बनाएका छन् ।

बोपाराले ३६ बलको सामना गर्दै अर्धशत पूरा गरेका हुन् । ५० रन बनाउने क्रममा उनले तीन चौका र तीन छक्का प्रहार गरे । अर्धशतकपछिको दोस्रो बलमा उनी आउट भए। ३८ बलमा ५१ को स्कोर गर्दै उनले चितवनलाई पनि उद्धार गरे ।

कीर्तिपुर मैदानमा टस हारेर चितवनले पहिला ब्याटिङको निम्तो पाएको चितवन सुरुवातीक्रमका तीन ब्याटर सस्तैमा पवेलियन फर्कदा संकटमा परेको थियो ।

तर चितवनलाई रवि बोपरा र कुशल मल्लले उकासेका थिए । चितवनको स्कोर उकास्न योगदान गरेका दुवैजना अहिले आउट भइसकेका छन् ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : १३ बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे