चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता « Khabarhub

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चार दिने भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका छन् ।

बेइजिङको देउताइ स्टेट गेस्ट हाउसमा ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा भएको कुराकानीबारेमा प्रधानमन्त्रीको सचिवालयले केही खुलाइसकेको छैन ।

गत असार ३० मा प्रधानमन्त्री भएका ओलीले आफ्नो पहिलो औ‍पचारिक भ्रमण उत्तरी छिमेकबाट थालेका हुन्।

राष्ट्रपति सीसँग भेटवार्ता हुनुअघि प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङ्‍सँग संवाद गरेका थिए ।

त्यसपछि दुई देशबीचमा विभिन्न नौ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । तर ती सहमतिमा खासै महत्त्वका छैनन् । दुई समकक्षीबीचको सम्झौतामा बेल्ट एन्ड रोड परियोजनालाई ठोस रुपमा सम्बोधन गरिएको छैन ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : २० बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि