रविलाई चितवन लगेसँगै समर्थकहरूको प्रदर्शन « Khabarhub

रविलाई चितवन लगेसँगै समर्थकहरूको प्रदर्शन


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी रकम अपचलनको मुद्दामा बयान लिनका लागि रवि लामिछानेलाई चितवन लगेसंगै उनका समर्थकहरुले प्रदर्शन गरेका छन् ।

रवि लामिछानेलाई चितवनबाटै रिहा गर भन्दै उनका समर्थकहरुले प्रदर्शन गरेका हुन् । भरतपुरको कृषि कार्यालय अगाडी जम्मा भएर रविका समर्थकहरुले नारावाजी गरेका थिए ।

उनीहरुले रवि लामिछानेलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर, रविलाई न्याय दे लगाएका नारा लगाएका थिए । कृषि कार्यालयबाट प्रदर्शनकारी अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।

चितवन साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा बयानका लागि लामिछानेलाई मंगलबार नै काठमाडौबाट चितवन लगिएको हो ।

चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरूले पछिल्लो पटक रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पुरक जाहेरी दिएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : ३७ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ