उपनिर्वाचनको नतिजाबारे प्रचण्ड : उत्साहजनक, माओवादीका एजेण्डालाई जनताले पत्याए « Khabarhub

उपनिर्वाचनको नतिजाबारे प्रचण्ड : उत्साहजनक, माओवादीका एजेण्डालाई जनताले पत्याए


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही मंसिर १६ गते भएको उपनिर्वाचनको परिणाम आफूहरूका लागि उत्साहजनक भएको बताएका छन्।

मंगलबार एक प्रेस व्यक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले उपनिर्वाचनको परिणाम माओवादीका लागि उत्साहजनक भएको बताएका हुन् ।

‘निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ’, उनले भने, ‘विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ । यसबाट हाम्रो पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियान जनताले अनुमोदन गरेको पुष्टि भएको छ ।’

दाहालले यो निर्वाचनलाई माओवादीले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा नयाँ संकल्पका रुपमा लिँदा सफलता हात पारेको बताएका छन्।

‘हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रुपमा लिएको थियो’, उनले भनेका छन्, ‘खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्‍याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका थियौँ ।’

दाहालले यो उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई माओवादीले आफ्नो एजेण्डा र आफ्नै एकल पहिचानकासाथ प्रतिष्पर्धा गर्न प्राप्त गरेको जनादेशका रुपमा लिएको बताएका छन् ।

उनले नेपाली जनताले गरेका विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने कुरामा पार्टीले भूमिका खेल्ने बताएका छन् ।

‘हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीय तहहरुले उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन्, आगामी दिनमा यसलाई बढाउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर हाम्रा सबै जनप्रतिनिधिलाई पूर्णरुपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध रहेको छ’, उनले भनेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  २ : ५१ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि