कामपा–१६ की अध्यक्ष रोजिना श्रेष्ठ लिइन् शपथ « Khabarhub

कामपा–१६ की अध्यक्ष रोजिना श्रेष्ठ लिइन् शपथ


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले १६ नम्बर वडाको अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रमुख शाहले यही मङ्सिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ बाट निर्वाचित श्रेष्ठलाई आज महानगरपालिकाको कार्यकक्षमा आयोजित कार्यक्रममा शपथ गराएका हुन् ।

काठमाडौँको ठमेल, नयाँबजार, बालाजु क्षेत्र समेटिएको सो वडाको २१ हजार २५ मतदातामध्ये १० हजार तीन सय ७६ मत सदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएकी क्षेष्ठले दुई हजार नौ सय दुई मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएकी हुन् ।

शपथ ग्रहण कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोल, प्रवक्ता नवीन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईँसहित अधिकारी उपस्थिति थिए। शपथपछि वडाध्यक्ष श्रेष्ठले आज नै पदबहाली गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ५ : ५९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर