देउवालाई शेखर समूहको चेतावनी : तिक्तता नबढाउनू, निषेधको राजनीति नगर्नू « Khabarhub

देउवालाई शेखर समूहको चेतावनी : तिक्तता नबढाउनू, निषेधको राजनीति नगर्नू



विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षीय नेताहरूले पार्टीभित्र निषेधको राजनीति नगर्न संस्थापन पक्षलाई चेतावनी दिएका छन् ।

संस्थापन पक्षले विधानलाई आफूखुसी व्याख्या गरी आफूहरूको कार्यक्रमम बिथोल्न खोजेको आरोपसमेत उनीहरूले लगाएका छन् ।

इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले विराटनगरमा आजोजित भेलालाई मंगलबार सम्बोधन गदै पार्टीको १५ औँ महाधिवेशनपछि गुट-उपगुटको अन्त्य गर्ने जिकिर गरे ।

आफूहरूको कार्यक्रममा आउने सभापतिहरूको सम्पुर्ण रुपमा आफूले संरक्षण गर्ने पनि उनले बताएका छन् ।

विराटनगर आयोजित भेलाको नेतृत्व गरिरहेका कोइरालाले भेलामा आएका पालिका अध्यक्षहरूबारे यस्तो बताएका हुन् ।

‘नि:संकोच भेलामा सहभागी हुनुस्, कुनै किसिमको डर, धाक, धम्कीबाट आत्तिनुभएन । तपाईंहरू निष्फिक्री भएर घर जानुस् । संरक्षण मैले गर्छु’, उनले भने ।

मंगलबारको कार्यक्रम धेरै पहिले नै टुंगो गरिएकाले विवाद गर्नुपर्ने कुरा नभएको उनले बताए । विराटनगर र सुनसरीबाहेकका पालिका सभापतिलाई अलिक टाढा रहेकाले प्रशिक्षणका लागि भेला डाकिएको उनले प्रष्टीकरण दिएका थिए ।

नेता कोइरालाले समयमै १५ औँ महाधिवेशन नभएमा पार्टी कमजोर हुने बताए । उनले अबको एक वर्षपछि महाधिवेशन सम्पन्न गराउन गाउँ-गाउँबाट दबाब बढाउन पनि कार्यकर्तालाई निर्देशन दिए ।

कांग्रेस नेता डा. मिनेन्द्र रिजालले सभापति शेरबहादुर देउवालाई इंगित गर्दै पार्टीभित्र तिक्ता नबढाउन आग्रह गरे ।

भेलालाई सम्बोधनका क्रममा नेता रिजालले पार्टीभित्रै अनुशासनको रेखा कोर्ने अभ्यासले पार्टीलाई सही गन्तव्यमा नपुर्‍याउने जिकिरसमेत गरे।

अर्का नेता गुरुराज घिमिरेले विधान उद्धृत गर्दै कार्यक्रम रोक्न प्रयास गर्ने नेतृत्वलाई एक पटक राम्ररी त्यही विधान पढ्न सुझाव दिए ।

कोइराला पक्षको कोशी प्रदेशका पालिका सभापतिहरूको भेला रोक्न पार्टी संस्थापन पक्षले सोमबारमात्रै निर्देशन जारी गरेको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई सर्कुलर गर्दै मंसिर २२ गते आधिकारिक भेला हुने जनाएका थिए ।

तर, संस्थापन पक्षको कार्यक्रम रोक्न निर्देशन अवज्ञा गर्दै कोइराला पक्षले मोरङका १७ वटै पालिका कमिटीको आयोजनामा विराटनगरमा मंगलबार र बुधबार दुई दिने भेला गरेको हो।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ७ : १४ बजे

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको