८ स्टार कलाकार राखेर ‘महाभोज’ निर्माण गर्दै दिनेश राउत « Khabarhub

८ स्टार कलाकार राखेर ‘महाभोज’ निर्माण गर्दै दिनेश राउत


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत जेठमा प्रदर्शनमा आएको फिल्म ‘पुजार सार्की’ को सफलतापछि निर्देशक दिनेश राउतले नयाँ फिल्म निर्देशन थाल्ने भएका छन् । उनले स्टार कलाकारहरूलाई लिएर फिल्म ‘महाभोज’ निर्माण गर्न लागेका हुन् ।

राउतका अनुसार फिल्ममा ८ स्टार कलाकारको अभिनय रहनेछ । अहिलेसम्म केन्द्रीय भूमिकामा ६ कलाकार र सहायक भूमिकामा दुई स्टार कलाकार रहने पक्कापक्की भएको छ ।

फिल्ममा नायकतर्फ आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने र अनुपविक्रम शाही अनुबन्ध भएका छन् । नायिकातर्फ मिरुना मगर, अञ्जना बराइली र मलिका महत फाइनल भएका हुन् ।

सहायक भूमिकामा पनि स्टार दुई कलाकार कमलमणि नेपाल र बुद्धि तामाङ अनुबन्ध भएका निर्माण पक्षको भनाइ छ । चलचित्रमा अभिनेता दयाहाङ राई, नायक आर्यन सिग्देल, खगेन्द्र लामिछाने, नायिका मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूको मुख्य अभिनय रहनेछ ।

‘महाभोज’ले सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्ने विरुद्धको विद्रोही अभियानको घटना उठान गर्ने निर्देशक राउतले बताए । उनले भने, ‘सत्यका लागि लड्ने र अन्यायको विरुद्ध आवाज उठाउने कथा हामीले यस चलचित्रमार्फत प्रस्तुत गर्दैछौं ।’

यस फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । कडरियाको क्लक वर्क क्रियशन र निर्देशक राउतको पिक्चर फ्रेमले सहकार्यमा बन्ने यस फिल्मको निर्माता हिमाल कडरिया हुन् ।

फिल्म छायाङ्कन  माघ १ बाट सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ८ : ४६ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले