भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै  « Khabarhub

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै 


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदै छन् । उनी भारतीय वायु सेनाको विशेष विमानबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ ।

नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी नेपाल आउन लागेका हुन् । विदेशमन्त्रीका रुपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो ।

टोलीमा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च अधिकारी रहने छन् ।

परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।

विदेशमन्त्री जयशंकरको उपस्थितिमा नेपालबाट भारतमा आगामी दश वर्षमा १० हजार मेगावाट विद्युत व्यापारका लागि सम्झौताको तयारी छ ।

विदेशमन्त्री जयशंकर भोलि साँझ स्वदेश फर्किने छन् । त्यस क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी ओलीलगायत नेतासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ६ : ३४ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन