सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभामा सिट बाँडफाँडबारे छलफल हुने « Khabarhub

सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभामा सिट बाँडफाँडबारे छलफल हुने


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा दलहरूबीच उम्मेदवारको भागबण्डाका विषयमा छलफल हुनेछ । राष्ट्रियसभामा २० सिट खाली हुँदैछ ।

सत्ता गठबन्धनका दलहरू लगातार छलफलमा जुटे पनि सिट कसरी बाँडफाँड गर्ने भन्ने टुङ्गोमा पुग्न सकेका छैनन् ।

राष्ट्रिय सभामा खाली हुने एमालेका ९ सिटमा कुन दलले कति लिने भन्ने छलफल भइरहँदा एमाले अध्यक्ष केपी ओलीले एमालेलाई नएक्ल्याउन प्रधानमन्त्री दाहालसँग आग्रह गरेपछि यस विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

एमालेलाई पनि राष्ट्रिय सभामा समेटेर जान कांग्रेस र माओवादी सकारात्मक रहे पनि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले सहमति जनाएका छैनन् ।

राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ ।

यो पनि…
राष्ट्रियसभा चुनाव : एमालेको कसरतले फेर्ला त गठबन्धनको कोर्स ? 

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ६ : ४५ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स