सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभामा सिट बाँडफाँडबारे छलफल हुने « Khabarhub

सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभामा सिट बाँडफाँडबारे छलफल हुने


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा दलहरूबीच उम्मेदवारको भागबण्डाका विषयमा छलफल हुनेछ । राष्ट्रियसभामा २० सिट खाली हुँदैछ ।

सत्ता गठबन्धनका दलहरू लगातार छलफलमा जुटे पनि सिट कसरी बाँडफाँड गर्ने भन्ने टुङ्गोमा पुग्न सकेका छैनन् ।

राष्ट्रिय सभामा खाली हुने एमालेका ९ सिटमा कुन दलले कति लिने भन्ने छलफल भइरहँदा एमाले अध्यक्ष केपी ओलीले एमालेलाई नएक्ल्याउन प्रधानमन्त्री दाहालसँग आग्रह गरेपछि यस विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

एमालेलाई पनि राष्ट्रिय सभामा समेटेर जान कांग्रेस र माओवादी सकारात्मक रहे पनि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले सहमति जनाएका छैनन् ।

राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ ।

यो पनि…
राष्ट्रियसभा चुनाव : एमालेको कसरतले फेर्ला त गठबन्धनको कोर्स ? 

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ६ : ४५ बजे

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा