स्पेनिस ला लिगा : सेल्टा भिगोसँग रियल बेटिस स्तब्ध | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : सेल्टा भिगोसँग रियल बेटिस स्तब्ध


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोले रियल बेटिसलाई हराएको छ । आज बिहान सम्पन्न खेलमा सेल्टा भिगोले रियल बेटिसलाई २–१ गोलले हराएको हो ।

भिगोका लागो अस्पासविलियोट स्वीडबर्गले एक–एक गोल गरेका थिए । यस्तै रियल बेटिसका ऐटोर रुइबलले एक गोल गरेका थिए ।

खेलमा रियल बेटिसका रुइबलले छैटौँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर, भिगोका लागोले १६औँ मिनेटमा गोल फर्काउँदै टोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा भिगोका विलियोटले गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।

यो जितसँगै सेल्टा भिगो १९ खेलबाट १६ अंक जोडेर तालिकाको १७औँ स्थानमा छ । पराजित भएको रियल बेटिस २८ अंकका साथ सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ७ : ४० बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक