भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण तालिका यस्तो छ  « Khabarhub

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण तालिका यस्तो छ 


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्दै छन् । नेपाल आए लगत्तै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहान ११ बजे शीतल निवासमा पहिलो भेट गर्ने छन् ।

राष्ट्रपति पौडेलसँग भेटवार्ता सम्पन्न गरेपछि विदेशमन्त्री जयशंकरले मध्याह्न १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गर्नेछन् । 

यस्तै दिउँसो १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्विपक्षीय छलफल हुने कार्यक्रम रहेको छ । 

त्यसपछि सोही होटलमा सवा १ बजेबाट दुबै देशको संयुक्त मन्त्रीस्तरीय बैठक सुरु हुनेछ भने पौने २ बजे विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

सम्झौतापछि विदेशमन्त्री जयशंकरले राजनीतिक नेतासँग भेटवार्ता गर्नेछन्, जसअनुसार पौने ४ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुने छ भने साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने तालिका छ ।

विदेशमन्त्री जयशंकरले भोलि बिहान पशुपतिनाथको दर्शन गर्ने  र पुनर्निर्माण भइरहेका भवनहरूको निरीक्षण पश्चात दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

यो पनि…
भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ७ : ४१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको