इरान विष्फोटमा मारिनेको संख्या ९५ पुग्यो « Khabarhub

इरान विष्फोटमा मारिनेको संख्या ९५ पुग्यो


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको केरमान सहरमा भएका दुई शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ । घटनामा १ सय ७० भन्दा बढी घाइते भएका छन् ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानका पूर्व जनरल कासिम सुलेमानीको हत्याको चौथो वर्षगाँठको अवसरमा आयोजना भइरहेको कार्यक्रममा सो विष्फोट भएको थियो ।

इरानका डेपुटी गभर्नरले यो घटनालाई आतंकवादी हमला भनेका छन् । सन् २०२० मा अमेरिकाले जनरल कासिम सुलेमानीलाई ड्रोन आक्रमणमा मारेको थियो । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीपछि सुलेमानी देशका सबैभन्दा शक्तिशाली व्यक्तिमा थिए ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा सडकमा धेरै शव देखिएका छन् । इरानी सरकारी मिडियामा पोस्ट गरिएको भिडियोमा विष्फोटपछि ठूलो भीड क्षेत्रबाट भागेको देखाइएको छ। यस्तो अवस्थामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । इरानको राष्ट्रिय आपतकालीन सेवा संगठनका प्रवक्ता बाबक येक्ता परस्तले विस्फोटमा मारिनेको संख्या अझै बढ्न सक्ने बताए ।

पूर्व जनरल सुलेमानी ३ जनवरी २०२० मा बगदाद एयरपोर्टमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए। जसको निधन भएको चार वर्ष पूरा भएको छ । यसै अवसरमा उनको सम्मानमा एक कार्यक्रमको आयोजना गरिएको थियो, सोही कार्यक्रममा यी विस्फोटहरू भएका हुन् ।

 

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ९ : ०१ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई