भारतीय विदेशमन्त्री जयशंकर काठमाडौँमा, परराष्ट्रमन्त्रीबाट स्वागत « Khabarhub

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौँमा, परराष्ट्रमन्त्रीबाट स्वागत


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका विदेशमन्त्री डा. एस जयशंकर काठमाडौँ आइपुगेका छन् ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी आज बिहान भारतीय वायुसेवाको विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन् ।

विदेशमन्त्री जयशंकरलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । विदेशमन्त्रीका रुपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो ।

यसअघि जयशंकरले २०७७ साल भदौ ४ गते काठमाडौँमा भएको पाँचौँ बैठकमा भारतीय पक्षको नेतृत्व गरेका थिए ।

विदेशमन्त्रीको साथमा विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका कर्मचारीलगायत रहेका छन् ।

नेपाल आएसँगै विदेशमन्त्री जयशंकर राजनीतिक भेटवार्तामा व्यस्त रहने छन् । उनको पहिलो भेट ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा हुनेछ ।

 

यो पनि….
भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण तालिका यस्तो छ

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  १० : ०२ बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६