चक्कू प्रहारबाट घाइते दक्षिण कोरियाली नेता लीको स्वास्थ्यमा सुधार  « Khabarhub

चक्कू प्रहारबाट घाइते दक्षिण कोरियाली नेता लीको स्वास्थ्यमा सुधार 


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सियोल– घाँटीमा धारिलो हतियार प्रहार हुँदा घाइते बनेका दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे–म्युङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको  सियोल नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकले बताएका छन् ।

लीलाई दक्षिणी बन्दरगाह शहर बुसानमा मङ्गलबार पत्रकारहरूसँगको कुराकानीपछि गाडीतर्फ जाने क्रममा समर्थकको रूपमा आएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए । उनको घाँटीको बायाँ भागमा चक्कुको चोट लागेको थियो । 

टाउकोबाट शरीरमा रगत जाने नसामा चोट लागेका लीलाई तत्काल स्थानीय अस्पतालमा लगिएको थियो । उपचार त्यहाँ सम्भव नभएपछि नेता लीलाई पछि राजधानी सियोल लगी करिब दुई घण्टा लामो शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया गर्ने चिकित्सक मिन सेउङ–कीका अनुसार लीको ‘भाग्यवश स्वास्थ्यमा सुधार आएको छ ।’  लीको मांसपेशीमा १.४ सेन्टिमिटर छेडिएको घाउ देखिएको र घाँटीमा रगत जमेको भएपनि शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार देखिएको हो । 

चक्कूले ‘भित्री नशा (जुगुलर भेन) करिब ६० प्रतिशत भाग काटेको’ सर्जन चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  २ : २५ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव