राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत परिवर्तन « Khabarhub

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत परिवर्तन


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्य पदका लागि हुन लागेको निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृत परिवर्तन गरिएको छ । यसअघि नियुक्त गरिएका निर्वाचन अधिकृत उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकोसहित कारण देखाउँदै निर्वाचन आयोगले नयाँ निर्वाचन अधिकृत तोकेको हो । 

आगामी ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि हुन लागेको निर्वाचनका लागि कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद गौतम, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङ, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद संजेल, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्रीराम आचार्य, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डे, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठ र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

उनका अनुसार बिहीबारबाटै लागू हुनेगरि उनीहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो । 

यसअघि निर्वाचन अधिकृत नियुक्त जिल्ला न्यायाधीशहरू कोशी प्रदेशका लागि दुर्गा प्रसाद ढुङ्गेल, मधेश प्रदेशका लागि नारायण प्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशव प्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि  विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि ओम प्रसाद अर्याल न्याय परिषद्को १८ पुसको निर्णयबाट उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका र बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यसम्पादन गर्न नियुक्त भएका निर्वाचन अधिकृत महेन्द्र बहादुर कार्कीले आफूलाई स्वास्थ्य समस्याका कारण निर्वाचन अधिकृतको पदमा रही काम गर्न असमर्थ भएको भनी निवेदन पेश गरेकाले उनीहरूको स्थानमा बिहीबार नयाँ निर्वाचन अधिकृत नियुक्त गरिएको प्रवक्ता पौडेलले जानकारी दिए । 


प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  २ : ४९ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान