प्रधानमन्त्रीका प्रेस सल्लाहकारको विश्लेषण- गंगा दाहालको साथबाट प्रधानमन्त्री सफल ! « Khabarhub

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको विश्लेषण- गंगा दाहालको साथबाट प्रधानमन्त्री सफल !


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीको स्वकीय सचिवालयबाट छोरी गंगा दाहाललाई हटाउने विषयले पछिल्लो समय चर्चा पाएको छ । तर यसमा प्रधानमन्त्री दाहाल तथा पार्टी सकारात्मक देखिएका छैनन् । 

यस विषयमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सचिवालयबाट गंगा दाहाललाई हटाउनुपर्छ भन्नु प्रधानमन्त्रीलाई असफल पार्नु भएको प्रतिक्रिया दिए ।

उनले खबरहबलाई भने, ‘अहिले गंगा दाहाललाई हटाउनुपर्छ भन्नु प्रधानमन्त्रीलाई असफल पार्न खोज्नु हो । असहयोग गर्न खोज्नु हो । गंगाजीले नजिकबाट सहयोग गरेर उहाँका हरेक समस्यामा साथ दिनुभएको छ । सबैभन्दा नजिकबाट काम गरेको सहयोगीलाई हटाउनुपर्छ भनेर बाहिर कुरा आउनुमा षड्यन्त्र देखिन्छ । गंगाजीले नजिकबाट राम्रो साथ दिएर नै प्रधानमन्त्री सफल हुनुभएको हो ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी समेत रहेकी गंगा प्रचण्ड प्रधानमन्त्री नहुँदैबाट निजी सचिवको रूपमा विगत ६ वर्षदेखि काम गरिरहेकी छन् । आचार्यका अनुसार गंगालाई पार्टीले पनि हटाउनका लागि कुनै सल्लाह दिएको छैन । 

प्रधानमन्त्री कार्यालयको पुनः संरचनाको प्रस्ताव पारित भएको छ । अब प्रधानमन्त्रीले सचिवालयको पनि पुनः संरचना गर्ने तयारी गरिरहेका छन् ।  आचार्यका अनुसार सचिवालयको पनि पुनः संरचना यो महिनाभित्रै हुने कुरा छ । 

उनी पार्टीको पनि केन्द्रीय सदस्य हुन् । परिवारको सदस्य नै सचिवालयमा हुँदा प्रधानमन्त्रीलाई काम गर्न सजिलो भएको पार्टीको बुझाइ छ ।
राज्य सञ्चालन प्रक्रियामा अनावश्यक पारिवारिक हस्तक्षेप बढेको विषयले सडकदेखि सदनसम्म प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना हुँदै आएको छ । सरकारको एक वर्षे कार्यकाल पूरा भएको सन्दर्भमा पुस १० गते देशवासीका नाममा दिएको सन्देशमा उनले कार्यशैलीमा निर्मम ढंगमा सुधार ल्याउने त्यसको सुरुवात आफ्नै कार्यालयबाट आरम्भ गर्ने उद्घोष गरेका थिए । 

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले असहमति जनाउँदै दिएको राजीनामा स्वीकृत भइसकेको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  २ : ५९ बजे

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको