कोरोनाकालका अनुदान प्रयोगविहीन « Khabarhub

कोरोनाकालका अनुदान प्रयोगविहीन


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीमा विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भएका स्वास्थ्यसम्बन्धी उपकरण प्रयोग नै नभई थन्किएका छन् । 

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा सर्वेश शर्माले कोरोना भाइरसका बिरामी नभएकाले ती स्वास्थ्यका उपकरण थन्किएको बताए । 

उनका अनुसार कोरोना महामारीका बेला कतिपय उपकरणले दातृ निकायले माग नै नगरीकन उपलब्ध गराएका थिए । महाशाखाको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाका अनुसार दुई सय १८ वटा स्वास्थ्य उपकरण प्रयोगविहीन रहेको बताए । 

उनका अनुसार अनुदानमा प्राप्त ९१ भेन्टिलेटर, ४६ वटा पोर्टेबल भेन्टिलेटर, १३ सघन उपचार कक्ष (आइसियु), ५७ वटा न्यूटल टु एडल्ट भेन्टिलेटर र ११ वटा एनेशथेसिया वर्कस्टेशन प्रयोग नै नभई थन्किएका छन् । कोरोना महामारीका बेला विभिन्न दातृ निकायले एक हजार चार सय ४५ स्वास्थ्यका उपकरण उपलब्ध गराएका थिए । 

महाशाखाका निर्देशक डा शर्माले कोरोनाका बेला ती उपकरणको अत्यधिक माग रहेको र अहिले ती उपकरण भौतिक संरचनाको अभावले जडान नगरिएको बताए । प्रयोग नै नभई थन्किएका उपकरणलाई अयन्त्र स्थानान्तरण गरी सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ । 

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ३ : ४३ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि