भारतसँगको विद्युत सम्झौता नेपालको सिञ्चित पानीमाथिको असर- नागरिक अगुवा « Khabarhub

भारतसँगको विद्युत सम्झौता नेपालको सिञ्चित पानीमाथिको असर- नागरिक अगुवा


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतसँग विद्युत ब्यापार सम्झौता नगर्न माग गर्दै नागरिक अगुवाहरूले अपील जारी गरेका छन । भारतीय विदेशमन्त्री एस.जयशङ्करको नेपाल भ्रमणका क्रममा विभिन्न सम्झौता गर्न लागेको भन्दै उनीहरूको आपत्ति छ ।

भारतसँग समस्याग्रस्त सम्झौता नगर्न नागरिक अपील गर्दै उनीहरूले यसबाट देशको स्वतन्त्र, सार्वभौम तथा स्वविवेकीय स्थिति कमजोर हुने उल्लेख गरेका छन् ।

 भारतीय दूतावासले नेपालको सरकारी बजेट भन्दा बाहिर रही २० करोड सम्मको अनुदान सिधै मुलुक भरी खर्च गर्न पाउने सम्झौता गर्दा नेपाली राजनीतिलाई प्रत्यक्ष प्रभावित पार्ने भन्दै यसले नेपालको संविधान तथा संघीय वैदेशिक सहयोग परिचालन सम्बन्धी नीतिको समेत बर्खिलाफ गरेको उनीहरूको भनाई छ ।

 यस्तै, भारतीय सेनामा भर्ती हुन नयाँ ‘अग्निपथ’ प्रक्रियामा नेपाललाई समेत संलग्न गराइने सार्वजनिक भएको भन्दै यसले नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौताको उल्लंघन भएको बताइएको छ । त्यस्तै १० हजार मेगावट जलविद्युत सम्झौताले नेपालको स्वामित्वको सिञ्चित पानीमाथि असर गर्ने भन्दै उनीहरूले आपत्ति जनाएका छन् । 

नागरिक अपील जारी गर्नेमा सूर्यनाथ उपाध्याय, डा.रेणु अधिकारी, हिरा विश्वकर्मा, कनकमणि दीक्षित तथा सुशील प्याकुरेल रहेका छन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ४ : ०९ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी