नारायणी तटबन्धको काम रोकिँदा बनेका संरचना बगाउने चिन्ता « Khabarhub

नारायणी तटबन्धको काम रोकिँदा बनेका संरचना बगाउने चिन्ता


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणी नदीमा तटबन्ध निर्माण थालिएसँगै स्थानीयवासीमा बाढीको भयबाट मुक्त हुने आशा पलाएको थियो । बोलपत्र आह्वान गरेर काम थालिएसँगै बजेट अभावका कारण रोकिँदा गत वर्ष बनेका संरचनासमेत बगाउने चिन्ता उनीहरूमा बढेको हो ।

उक्त नदीको चितवन र नवलपरासीतर्फ पाँच–पाँचवटा ठेक्का लगाएर गत वर्ष काम थालिएको थियो । नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख मनोहरकुमार साहका अनुसार अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएर ठेक्का लगाइएका तटबन्धका लागि थप बजेट निकासा नहुँदा काम रोकिएको हो ।

तटबन्धका लागि रु चार अर्ब ७२ करोड बजेट छुट्याइएकामा विभिन्न चरणको ठेक्काका लागि तीन अर्ब ९५ करोडमा सम्झौता गरिएको थियो । चालु आर्थिक वर्षमा खरिद गुरुयोजनाअनुसार थप रु एक अर्ब १३ करोड आवश्यक पर्नेमा जम्मा रु १६ करोड ४० लाखमात्रै बजेट विनियोजन भएको छ । 

त्यस रकमबाट गत वर्षको बाँकी भुक्तानी गरिएको छ । गत असारसम्म काम सम्पन्न भई प्राप्त बिलको भुक्तानी गर्नुपर्ने रकम रु ४२ करोड ४७ लाख बाँकी छ । सो रकम भुक्तानी गर्न नसक्दा निर्माण कम्पनीलाई काम लगाउन नसकिएको उनले बताए।

नदी तटबन्धका लागि निरन्तर पहल गरिरहेको भरतपुर महानगरपालिकाले ठेक्का सम्झौता भई काम भएको निर्माण कम्पनीलाई भुक्तानी गरेर काम अघि बढाउन ताकेता गर्दै आएको छ । महानगरप्रमुख रेनु दाहालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्री, सचिव र महानिर्देशकसँग पटक–पटक यस विषयमा कुरा भएको बताइन्।

आउँदो वर्षायाम अघि काम हुन नसकेमा गत वर्ष बनेका संरचना बगाउने र स्थानीयस्तरमा समेत क्षति हुनसक्ने भएकाले तत्काल काम सुरु गर्न विभिन्न चरणमा आग्रह गरिएको उनको भनाइ थियो । महनगरप्रमुख दाहालले भनिन्  ‘सकारात्मक आश्वासन प्राप्त भएको छ, मलाई विश्वास छ छिट्टै बजेट निकासा भएर काम सुरु हुन्छ ।’

कतिपय तटबन्धको काम चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने भएकाले समय मिलाएर काम गर्नुपर्ने हुन्छ । त्यहाँ नदीमा रहेका जलचरलाई असर नपर्ने गरी समय मिलाउनुपर्ने अवस्था छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ४ : २० बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।