नवनिर्मित राममन्दिर पाँच मण्डपसहित १६१ फिट अग्लो हुने « Khabarhub

नवनिर्मित राममन्दिर पाँच मण्डपसहित १६१ फिट अग्लो हुने


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– अयोध्यामा निर्माणाधीन राम मन्दिरको स्वरूप परम्परागत नगरा शैलीमा रहेको र मन्दिरको लम्बाइ ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फिट रहेको श्री राम जन्मभूमि तीर्थ क्षेत्र कोषले जनाएको छ । 

मन्दिरहरूमा शिखर शैलीका अग्लो पिरामिड आकारका टावरहरू रहनेछन् भने शिखरमा कलशसहित मन्दिरका स्तम्भ तथा पर्खालहरू मूर्तिकलाले सजिएका छन् ।

तीन तले मन्दिरमा तीन सय ९२ स्तम्भ तथा ४४ ढोका बनाइएको छ । मन्दिरको सबैभन्दा विशेष स्थान भगवान् श्रीरामको प्रतिमूर्ति राखिने गर्भगृहमा उनको बाल्यकालको स्वरूप र पहिलो तल्लामा श्रीराम दरबार रहनेछ ।

मन्दिरमा नृत्यमण्डप, रङ्गमण्डप, सभा मण्डप, प्रार्थना र कीर्तन मण्डप गरी पाँच मण्डप बनाइएको छ । मन्दिरका स्तम्भ तथा पर्खाल देवी देवताहरूको मूर्ति सजिएका छन् । सिंहद्वार हुँदै ३२ वटा सिँढी चढेर पूर्वबाट मन्दिर प्रवेश गर्न सकिन्छ । असहजताको सुविधाका लागि  लिफ्ट लगायतको व्यवस्था गरिएको छ ।

सात सय ३२ मिटर लम्बाइ तथा १४ फिट चौडाइ भएको आयातकार पर्खालले मन्दिरलाई घेरेको छ । मन्दिर परिसरको चार कुनामा सूर्यदेव, देवी भगवती, गणेश मन्दिर बनाइएको छ । उत्तरमा माता अन्नपूर्णको मन्दिर र दक्षिणमा हनुमानजीको मन्दिर रहनेछ । 

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ४ : ४१ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका