आजको दिन विद्युत् व्यापारका दृष्टिले कोशेढुंगा हुनेछ : प्रधानमन्त्री  « Khabarhub

आजको दिन विद्युत् व्यापारका दृष्टिले कोशेढुंगा हुनेछ : प्रधानमन्त्री 


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

रामेछाप– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता भएको बताउँदै आजको दिन विद्युत् व्यापारका दृष्टिले कोशेढुंगा हुने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार रामेछापको सुनापति गाउँपालिकामा निर्माण भएको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेश सचिव एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमतिले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को हुनेमा जोड दिएका छन् ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘मेरो भारत भ्रमणका क्रममा नै नेपालले दश वर्षमा दश हजार विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको थियो। भारतका विदेशमन्त्रीको नेपाल भ्रमणले अब नेपालले विद्युत् निर्यात गर्ने ठोस सम्झौता भएको छ। यो आफैमा ऐतिहासिक उपलब्धि हो । भारतमा मात्रै होइन, बंगलादेशसँग समेत विद्युत् निर्यातको ढोका खुलेको छ । अब भारतको ग्रिड प्रयोग गरी बंगलादेशसँग विद्युत् व्यापार हुनेछ।’

संसद्को प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुङ्गोमा पुर्‍याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमति चाहेको प्रधानमन्त्रीले स्पष्ट पारे ।

‘यो सत्ता गठबन्धन सानो दुखले बनाएको गठबन्धन होइन, त्यसैले गठबन्धन सुदृढ गर्न हामी सबै दृढ छौँ। तर, कतिपय विषयमा राष्ट्रिय सहमति जरुरी हुन्छ, त्यसले मुलुक र लोकतन्त्रको हित नै गर्छ। अहिले हामीले सदनको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी काम टुंगाउन राष्ट्रिय सहमति चाहेका छौँ’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीले रामेछापमा सुनापति गाउँपालिकाले भौतिक विकासमा राम्रो प्रगति बनाउँदै प्रशासनिक भवनअनुरूपको सेवा प्रवाह, शिक्षा-स्वास्थ्यको विकास, कृषि-पर्यटनको प्रवर्धन र रोजगारी सिर्जनामा केन्द्रित हुन जनप्रतिनिधिहरूलाई अपिल गरे ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ४ : ५७ बजे

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।