हरेक व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ : मन्त्री गुरुङ « Khabarhub

हरेक व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ : मन्त्री गुरुङ


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पाटन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले हरेक व्यवसायीलाई राज्यले उचित संरक्षण र प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घको आज  ललितपुरमा आयोजित सातौ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री गुरुङले उद्यमी–व्यवसायीलाई राज्यले संरक्षण गर्ने बताएका छन्  ।

ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले व्यवसायीहरूबीच आपसी समन्वय, सहकार्य र एकता कायम गर्नु अपरिहार्य भएको बताए। उनले सबै व्यवसायमा कानुनी अड्चन र करका समस्या समाधानमा राज्यले सघाउनुपर्नेमा जोड दिए । 

 महासङ्घका वरिष्ठ उपाध्यक्ष तेविन्द्ररत्न शाक्यले क्याटरिङ व्यवसायलाई सेवामूलक व्यवसायका रूपमा अगाडि बनाउन कानुनीतहबाटै सहयोग हुनुपर्ने बताए।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घ, ललितपुरका अध्यक्ष हिमकिशोर  राईले सामाजिक सुधार ऐन, २०३३ अव्यावहारिक भएको र त्यसलाई खारेज गर्न माग गरे।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ५ : १४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस