मोरङमा १० वर्षीया बालिका बलात्कृत « Khabarhub

मोरङमा १० वर्षीया बालिका बलात्कृत


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

इटहरी– मोरङमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर पक्राउ गरिएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार धनकुटा घर भएकी बालिकाका हजुरबुवा र हजुरआमासँग मगरकै घरमा डेरामा बस्दै आएको बताए। आफ्नै घरमा डेरा बस्दै आएकी बालिकालाई मगरले पटक-पटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताए।

घरमा अभिभावक नभएको मौका छोपी शौचालयनजिकको खाली जग्गामा लगेर मुख थुनेर बोल्नसमेत नदिइकन कसैलाई भनेमा कुटपिट तथा मार्ने गर्ने धम्की दिएर बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ। मुख थुनेर बोल्नसमेत नदिइकन र कसैलाई भनेमा कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको प्रहरीले जनाएको छ।

बुधबार राति उनलाई पक्राउ गरिएको र मुद्दा दर्ता गरेर आवश्यक कानुनी कारबाहीको लागि जिल्ला अदालत पठाइएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ६ : ४६ बजे

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा

कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेका

बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो

काठमाडौं  – रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको एक महिना पूरा हुँदा