लागूऔषधसहित ४ जना पक्राउ « Khabarhub

लागूऔषधसहित ४ जना पक्राउ


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाइन्टबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५० ट्याब्लेटसहित बारा जितपुरसिमरा उपमहानगरपालिका-१ बस्ने ३४ वर्षीय जयराम दहाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङगा समेतबाट खटिएको प्रहरीले बारा कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १८०३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार दहाललाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

कैलालीको जानकी गाउँपालिका-८ बेबस्थित नगर जाने सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित लम्की चुहा नगरपालिका-१ भरूवा बस्ने २० वर्षीय समिर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाँकेको कोहलपुर नगरपालिका-१५ चौधरीयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय राम कुमार थारूलाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी चौकी हवल्दारपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाँकेकै खजुरा गाउँपालिका-६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय बिनोद शाहीलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ७ : २७ बजे

‘कमेडी दरबार’ टोली अस्ट्रेलिया ‘टूर’मा जाँदै

काठमाडौं – हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टोलीले अस्ट्रेलिया टूर

स्याङ्जाको अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

स्याङ्जा– स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका वडा नम्बर २ लामडाँडामा आयोजित निःशुल्क

आजदेखि स्वस्थानी व्रत र माघ स्नान सुरु

काठमाडौं– आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान,

प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी, उम्मेदवारलाई खर्चको सीमा निर्धारण

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर