संविधानले स्थानीय तहलाई महत्त्वपूर्ण भूमिका दिएको छ : मन्त्री देवी « Khabarhub

संविधानले स्थानीय तहलाई महत्त्वपूर्ण भूमिका दिएको छ : मन्त्री देवी


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गण्डकी – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संविधानले स्थानीय तहलाई दिएका जिम्मेवारी र भूमिका महत्त्वपूर्ण रहेको बताएकी छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, कार्यक्रम समन्वय एकाइ बबरमहल काठमाडौँद्वारा आज पोखरामा आयोजित असल अभ्यास आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान संविधानले स्थानीय तहलाई महत्त्वपूर्ण खम्बाका रुपमा लिएको बताइन् ।

स्थानीय तहलाई संविधानले कतिपय एकल अधिकार दिएको उल्लेख गर्दै मन्त्री देवीले प्राप्त अधिकारको उपयोग गरी विकास, निर्माणका काममा प्रभावकारी रुपमा अघि बढ्दै समृद्धिको यात्रातर्फ लाग्नुपर्ने बताइन् । स्थानीय तहले एकआपसमा गरेका असल अभ्यासबारे छलफल एवं अन्तरक्रिया गर्दै अघि बढ्न सकेमा जनताको अपेक्षा अनुसारका कामले निरन्तरता पाउने उनको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत र स्थानीय तहबीच नङमासुको जस्तो सम्बन्ध हुनुपर्नेमा जोड दिँदै मन्त्री देवीले असल सम्बन्धबाट कामको प्रभावकारिता बढ्ने धारणा राखिन् ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले एकले गरेका असल अभ्यास अर्काका लागि अनुकरणीय हुने बताइन् । काम गर्ने क्रममा विविध समस्या तथा कानुनी अप्ठ्यारा आउने भन्दै कानुनको आवश्यकता, महत्त्वलगायत विषयमा समीक्षा गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ८ : १२ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी