प्रधानमन्त्री कप : कैलालीसँग पराजित बझाङ बाहिरियो « Khabarhub

प्रधानमन्त्री कप : कैलालीसँग पराजित बझाङ बाहिरियो


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

बैतडी – प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत इलाइट च्याम्पियनसिपमा कैलालीले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा कैलालीले बझाङलाई एक सय छ रनले हरायो । जितका लागि पाएको दुई सय १२ रनको लक्ष्य पछ्याएको बझाङ २६ दशमलव पाँच ओभरमा एक सय छ रनमा समेटियो ।

त्यसमा किरन कार्कीले सर्वाधिक ३९ रन बनाए पनि हार भने टार्न सकेनन् । कैलालीका प्रकाश सुनारले तीन, धर्म जोशी र डमेर सुनारले २÷२ विकेट हात पारे । यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३५ ओभरमा झारिएको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले ३५ ओभरमा छ विकेटको क्षतिमा दुई सय ११ रन बनायो । कैलालीका ओपनर टेक रावतले अर्धशतकीय पारी खेल्दै ९१ रन बनाए । बझाङका अशोक धामीले दुई विकेट लिए । कैलालीका टेक रावत म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिए ।

योसँगै कैलालीले तीन खेलमध्ये दुईमा जित निकाल्दै चार अङ्क जोड्दै फाइनलको सम्भावना जीवितै राखेको छ । लगातार तेस्रो हार व्यहोरेको बझाङ भने प्रतियोगिताबाट बाहिरिएको छ । कैलालीले अब अन्तिम खेल आइतबार बैतडीसँग खेल्नेछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा यही पुस १४ गतेदेखि सुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ९ : ३६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का