च्याङग्रापालक किसानलाई पचास लाख अनुदान « Khabarhub

च्याङग्रापालक किसानलाई पचास लाख अनुदान


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

म्याग्दी –मुस्ताङका किसानले च्याङ्ग्राको खोर सुधार र स्रोत केन्द्र स्थापना गर्न चालु आर्थिक वर्षमा रु पचास लाखभन्दा बढी अनुदान पाउने भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङ्ग्रा जोन कार्यक्रमले खोर सुधारका लागि सात र स्रोत केन्द्र स्थापना गर्न दुई समूह बुधबार छनोट गरेको हो । उनीहरुलाई यसवर्ष रु ५० लाख ४७ हजार अनुदान उपलब्ध गराइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ म्याग्दी/मुस्ताङका प्रमुख नेत्र भट्टले बताए ।

“अनुदानका लागि मापदण्डअनुसार आवेदन सङ्कलन र स्थलगत मूल्याङकनपछि छनोट गरिएको हो”, उनले भने, “सात च्याङग्राका खोर सुधार गर्न रु तीन लाख २१ हजार र दुई स्रोत केन्द्र स्थापना गर्न रु १४ लाखका दरले अनुदान पाउनेछन् ।” किसानले प्रस्तावित परियोजनाको कूल लागतको ८५ प्रतिशत बराबर परियोजनाबाट अनुदान उपलब्ध गराउने कार्यविधि छ ।

परम्परागत रुपमा हुँदै आएको च्याङग्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाई गुणस्तरीय मासु, ऊन तथा पश्मिना उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ तीन वर्षअघिदेखि लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा च्याङग्रा जोन कार्यक्रम लागू भएको छ ।

च्याङग्राका पाठापाठी उत्पादनका लागि यसवर्ष दुई ठाउँमा स्रोत केन्द्र स्थापना गर्न लागिएको च्याङ्ग्रा जोनका प्राविधिक गणेश खत्रीले बताए। च्याङग्राका बोका खरिद गर्ने कार्यक्रम रहेको छ । च्याङग्रालाई वन्यजन्तुको आक्रमण र हिउँदयाममा चिसोबाट बचाउन खोर सुधार गर्न जोड दिइएको छ । जोनमा आबद्ध किसानले १५ हजारभन्दा बढी च्याङग्रा पालेका छन् ।

च्याङग्रा जोनका लागि चालु आवमा रु ८६ लाख ८९ हजार विनियोजन गरिएको छ । पूर्वाधार निर्माण र बोका खरिदका अलावा औषधि, आहारा, खोप, किसानलाई प्राविधिक तालिम लगायतका विषयमा बजेट परिचालन गरिने जोनले जनाएको छ ।

गतवर्ष ५८ किसान आबद्ध १० समूहलाई खोर सुधार गर्न रु तीन÷तीन लाखका दरले अनुदान दिइएको थियो । यसैगरी दुई स्रोत केन्द्र निर्माणमा रु २८ लाख अनुदान दिइएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा सात फार्मले खोर सुधार गर्न रु २१ लाख, सङ्कलन केन्द्रमा रु १२ लाख र स्रोत केन्द्रमा रु १४ लाख खर्च भएको थियो ।

मुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । त्यहाँ करिब ६५ ठूला च्याङग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका किसानले ३० देखि ५० वटासम्म घरघरमा च्याङग्रा पालेका छन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ९ : ०९ बजे

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी