‘बेहुली फ्रम मेघौली’ निर्माण गर्दै स्वस्तिमा « Khabarhub

‘बेहुली फ्रम मेघौली’ निर्माण गर्दै स्वस्तिमा


१९ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्काले अभिनयसँगै निर्माणमा पनि हात हालेकी छन् ।

उनले आकाश बरालको निर्देशन रहने ‘बेहुली फ्रम मेघौली’मा निर्माताको पनि जिम्मेवारी सम्हाल्ने भएकी हुन् । फिल्ममा उनको अभिनय पनि रहनेछ ।

स्वस्तिमाले आज सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै ‘बेहुली फ्रम मेघौली’बाट निर्माण यात्राको थालनी गर्न लागेको पुष्टि गरेकी हुन् । फिल्ममा उनले अभिनय पनि गर्ने जानकारी गराएकी छिन् । फिल्ममा स्वस्तिमासँगै निश्चलको पनि अभिनय रहनेछ । पछिल्लो समय दुवैले ‘दिमाग खराब’मा काम गरेका थिए ।

फिल्मका लागि विजय बराल फाइनल भइसकेको जानकारी गराइएको छ । बाँकी कलाकार भने केही समयमा सार्वजनिक हुने निर्माण टिमले जनाएको छ । फिल्मको सुटिङ फागुनबाट गर्ने तयारी निर्माण टिमको छ । स्वस्तिमाले ‘चपली हाइट ३’ मुनाफाको साझेदारको रुपमा काम गरेकी थिइन् ।

कोभिड महामारीको समयमा बारम्बार रिलिज भएको चलचित्रले अपेक्षित व्यापार भने गर्न सकेको थिएन । फिल्म निर्देशनमा डेब्यु गर्न लागेका आकाश बरालले ‘दिमाग खराब’ ‘बिहे पास’ आदि फिल्म लेखेका हुन् ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ९ : २९ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने