वित्तीय अनुशासन कायम गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता « Khabarhub

वित्तीय अनुशासन कायम गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारको पहिलो प्राथमिकता सुशासन भएको बताएका छन्।

महालेखा परीक्षकको कार्यालय काठमाडौँद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित लेखा परीक्षण, बेरुजु फछ्र्यौट तथा सम्परीक्षणसम्बन्धी अन्तरक्रियामा उनले वित्तीय अनुशासन कायम गर्न तथा बेरुजु शून्यमा ल्याउन कुनै किसिमको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले वित्तीय उत्तरदायित्व निर्वाह गर्ने गरी काम गर्न हरेक मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिँदै यसमा कुनै किसिमको बहानाबाजी गर्ने छुट कसैलाई पनि नहुने बताए। उनले प्रदेशमा देखिएको बेरूजु आवश्यक कागजपत्रको समयमा दाखिला नगरेर भएको स्पष्ट पार्दै नाता सम्बन्ध, राजनीतिक नेतृत्वको दबाबमा परेर कुनै किसिमको नियम, कानून विपरित गलत काम गर्ने छुट कसैलाई नभएको बताए ।

कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कानुनअनुसार काम गरेमा कुनै बेरुजु नआउने उल्लेख गरे । महालेखा परीक्षक कार्यालयका उपमहालेखा परीक्षक विन्दु विष्ट र प्रदेश लेखा परीक्षक दामोदर खत्रीले बेरुजु फछ्र्यौटमा जिम्मेवार शाखाले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव खगेन्द्र खड्काले गत आर्थिक वर्षमा प्रदेश सरकारले चालु र पूँजीगत तथा स्थानीय तहको अनुदान गरेर कुल बजेटको ८१ दशमलव ४५ प्रतिशत बजेट फछ्यौट गरिएको जानकारी दिए । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका सचिव र लेखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  १० : ४६ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार