यू-१९ विश्वकप : पहिलो सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा « Khabarhub

यू-१९ विश्वकप : पहिलो सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी यू–१९ विश्वकपको पहिलो सेमिफाइनल मंगलबार हुँदैछ । पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले भारतको सामना गर्नेछ । सुपर सिक्सको समूह ‘ए’को विजेता भारत र समूह ‘बी’को उपविजेता दक्षिण अफ्रिकाको भेट पहिलो सेमिफाइनलमा हुन लागेको हो ।
यो खेल मंगलबार दिउँसो नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको बेनोनी मैदानमा हुनेछ ।

चार खेलमा चारमै जित निकाल्दै आठ अंकसहित भारत समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अर्को समूहको दक्षिण अफ्रिका चार खेलमा एउटामा पराजित भएर ६ अंकसहित उपविजेता बनेको हो ।

दोस्रो सेमिफाइनलमा भने समूह ‘बी’को विजेता अस्ट्रेलिया र समूह ‘ए’को उपविजेता पाकिस्तानले बिहीबार प्रतिस्पर्धा गर्दैछन् । चार खेलमा सबै जित निकाल्दै आठ अंक बनाएको पाकिस्तान रनरेटका आधारमा समूह ‘ए’ को उपविजेता बनेको हो । यता समूह ‘बी’मा भने चार खेलमा तीन जित निकाल्दै अस्ट्रेलिया सात अंक बनाएर समूहको विजेता बनेको हो । उसले एउटा खेलमा वेस्ट इन्डिजसँग अंक बाँडेको थियो ।

यू–१९ विश्वकपको फाइनल भने अर्को आइतबार हुनेछ ।

दक्षिण अफ्रिका विश्वकपमा सहभागी नेपालको यात्रा भने सुपरसिक्सबाट टुंगिएको थियो । समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भयो । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्स प्रवेश गर्नु नै नेपालका लागि उपलब्धि बन्यो । सुपर सिक्सको पहिलो खेलमा बंगलादेश ५ विकेट र दोस्रो खेलमा भारतसँग १३२ रनले पराजित हुँदै नेपालले विश्वकप यात्रा टुंग्याएको थियो ।

यू–१९ विश्वकपमा कसको जित कति ?

अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू–१९ विश्वकपको उपाधि जितेको छ। अष्ट्रेलियाले तीन पटक उपाधि हात पारेको छ भने पाकिस्तानले दुई उपाधि उचालेको छ। बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक एक पटक उपाधि जितेका छन्।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ६ : ०४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल