अमेरिकी हमलामा १६ इराकी नागरिकको मृत्यु « Khabarhub

अमेरिकी हमलामा १६ इराकी नागरिकको मृत्यु


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन डिसी– अमेरिकाले गरेको हवाई आक्रमणमा १६ जना इराकी नागरिक मारिएका छन् ।

इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण भएको भन्दै निन्दा गरेको छ । यस्तै, थप आक्रमण गरेमा गम्भीर परिणामको चेतावनी पनि दिएको छ।

सरकारी प्रवक्ताले  नागरिक र सुरक्षा क्षेत्रलाई लक्षित गरी भएको बम विष्फोटमा १६ जना सर्वसाधारणको ज्यान गएको र २५ जना घाइते भएको बताए ।

गत आइतबार अमेरिकी सैन्य आधार शिविरमा भएको ड्रोन आक्रमणको जवाफमा अमेरिकाले शुक्रबार रातीदेखि सिरिया र इराकका ८५ वटा केन्द्रमा आक्रमण गरेको थियो ।

ह्वाइट हाउसले तीन अमेरिकी सैनिकको हत्यामा इरान समर्थित मिलिसिया छाता समूहलाई दोष लगाएको थियो।

अमेरिकाले आफ्नो सेनाले इराक र सिरियामा रहेका इरान समर्थित मिलिसिया समूहमाथि हवाई आक्रमण गरेको बताएको छ ।

इरानले भने अमेरिकी आधारमा भएको आक्रमणमा संलग्नता अस्वीकार गरेको छ र आरोपलाई निराधार भनेको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ६ : ५० बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं