महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुँदै « Khabarhub

महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुँदै


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुने भएको छ । जिल्लाको उत्तरवर्ती नगरपालिका बर्दिबासमा फाल्गुन ५ देखि ७ गतेसम्म महोत्सव हुने भएको हो ।

होटल तथा पर्यटन व्यवसायी संघको आयोजनामा हुने उक्त खाना सडक महोत्सव नितान्त पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ ।

आर्थिक मन्दीका कारण व्यवसाय धराशायी बनिरहेको बेला महोत्सवले व्यवसायलाई समेत चलायमान बनाउन सक्ने पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले बताए ।

अझ मौलिक खानाको माध्यमबाट  जिल्लाको खाना संस्कार समेत अनुभव गर्न सकिने आयोजक पक्षको भनाई छ । मौलिक खानाको साथै मौलिक संस्कार र संस्कृती पनि सडकमा देख्न सकिने महासचिव नारायण घिमिरेले जानकारी दिए ।

उनका अनुसार बर्दिबासस्थित सिन्धुली सडक खण्डको दायाँतर्फ झण्डै २ सय मिटरको लम्बाइमा ५० भन्दा बढी स्टल राखिने र स्थानीय र राष्ट्रिय कलाकारहरूको माध्यमबाट भरपुर मनोरञ्जन प्रदान गर्ने आयोजक पक्षले तयारी गरेको छ ।

निःशुल्क प्रवेश गर्न सकिने उक्त महोत्सवको व्यवस्थापनका लागी बर्दिवास नगरपालिकाले ६ लाख ५० हजार सहयोग गरेको छ भने १० लाख भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । बाँकी लागत स्टल र अन्य माध्यमबाट संकलन गरिने अध्यक्ष कार्कीले बताए ।

संस्कृती, पर्यटन तथा पवर्द्वन समिति बर्दिबासको समेत सहभागीमा मौलिक संस्कारलाई यथेष्ट प्रचारप्रसार गरेर पर्यटन विकासमा भूमिका खेल्ने आयोजक पक्षले जनाएको छ । स्टलमा राखिएका खानाहरूमा अधिकतम २० देखि ४० प्रतिशतसम्म छुट हुने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ८ : ४६ बजे

बडीमालिका हिमपात अपडेट : एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये

बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात

बाजुरा- शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको